काठमाडौँ / असोज १० देखि नयाँ नोट सर्वसाधारणलाई वितरण गरिने भएको छ । दसैं र तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको हो ।
यसका लागी आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने छ । एक साता छिटो नयाँ नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन्।
राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ। गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो।
५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट यो वर्ष पनि राष्ट्र बैंकले वितरण गर्न लागेको हो।