काठमाडौं २३ असार / प्रमोद खरेलको आवाजमा नयाँ गीत “गहिराई” भिडियो सहित सांगीतिक बजारमा आएको छ। पछिल्लो समय स्टेज तताउने र नचाउने गीतमा बढी केन्द्रित भएका प्रमोदको यो गीत फरक खालको रोमान्टिक शैलीको छ। अलि नयाँ स्वादको भएकोले श्रोता दर्शकहरुले यसलाई पनि मन पराउने कुरामा उनी ढुक्क छन्।
रिदम कडेलको संगीत तथा संयोजनमा तयार भएको गहिराईका रचनाकार मनिष बसिस्ट हुन्। जो अमेरिकमा रहेर पनि नेपाली गीत संगीतमा निकै सक्रिय छन्।गहिराईको म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् निकेश खड्काले। जो पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त छन्।
यस भिडियोमा नयाँ अनुहारहरु पुष्कर कार्की र सुभेच्छा अधिकारीले अभिनय गरेका छन्। गहिराइको भिडियोलाई छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन बिकाश धमलाले गरेका हुन्।
भिडियो हेर्नुहोस् :
प्राय फरक शैलीका गीतहरु लेख्ने मनिषले यसमा प्रेम आकर्षण र समर्पणलाई गीतको बिषयबस्तु बनाएकाछन्। उनी गीतले अलग्गै छाप छोड्ने कुरामा निकै आशावादी पनि छन्।