विष्णु खत्रीको दशैँ गीत ‘कति रुनी हो’ सार्वजनिक

काठमाडौं /  लोकप्रिय गायक तथा कुशल सर्जक विष्णु खत्रीको यो बर्षको दोस्रो दशै गीत कति रुनिहो भर्खर मात्र सार्वजनिक भएको छ ।

विगत लामो समय देखि उनको दशैं गीत सार्वजनिक भइरहेका छन यो बर्ष उनले दोस्रो समेत सार्वजनिक गरेका छन । निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र दमदार रहेको छ ।

विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको गीतमा विष्णु खत्री र देवी घर्तिको आवाज रहेको छ । गीतले विदेशमा रहेका नेपालीहरुले चाडवार्ड आँउदा भोग्नु पर्ने पिडालाई कलात्मक रुपमा गीतमा उठाएको छ ।

गीतमा आशा खड्का र विमल खड्का र साथीहरुको अभिनय रहेको छ भने गीतलाई दिलिप रेग्मीले निर्देशन गरेका छन ।

गीतलाई सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

प्रकाशित मिति २ आश्विन २०७६, बिहीबार ०९:४४