नौबिसे–नागढुंगा सडकमा अबदेखि ओभरटेक गर्न नपाउने

असोज / चाडपर्वलाई लक्ष्य गरेर नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ ।

उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ भनेर लेन अनुशासनमा कडाइ गरिएको हो ।

नौबीसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् । कान्तिपुर दैनिकमा खबर छ ।

अन्य समाचार

काठमाडौं । आज (शुक्रबार) अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ८० पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३७६ रुपैयाँ ६२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४९ पैसा रहेको छ।

 

Loading...
प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०२:४९