भीभीआईपीको विशेष सवार डेढ अर्बको हेलिकप्टर काठमाडौं आइपुग्यो

काठमाडौं । राष्ट्रपति, प्रधानमन्‍त्रीलगायतका अति महत्वपूर्ण व्यक्तिको बिशेस सवारीका बेला प्रयाेग गरिने अत्याधुनिक हेलिकप्टर बिहीबार (हिजो) काठमाडौं ल्याइएको छ ।

बिभिन्न मुलुक हुँदै झण्डै ४६ घण्टा उडाएर बिहीबार दिउँसो १२ बजेर ५३ मिनेटमा त्रिभुवन विमानस्थलमा ल्याइ पुर्‍याइएको हो । भीभीआईपीको विशेष सवारीकाे प्रयोजनका लागि खरिद गरिएको यो हेलिकप्टर नेपाली सेना मातहतमा रहेर संचालन हुने छ !

करिब १४ मिलियन युरो अर्थात लगभग डेढ अर्ब नेपाली रुपैयाँ पर्ने यो नयाँ हेलिकप्टर दुईसात अघि झिकाइएको थियो । भाइब्रेशनन र साउण्डप्रुफ सहितको सुविधा भएको अत्याधुनिक हेलिकपटर नेपालमै पहिलोपटक ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् ।

उक्त हेलिकोप्टर इटालीमा बनेको र अत्यधुनिक सुविधानसम्पन्‍न सिट रहेको बताइएको छ । हेलिकपटरलाई अहिले त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ अड्डा ११ बाहिनीमा राखिएको प्रवक्ता पाण्डेले बताए ।

Loading...
प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार ०४:२२