काठमाडौँ ३ असोज / शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७० हजार ७ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।
हिजो प्रतितोला चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज ५ रुपैया बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।