विशाल रायमाझीको दशैं गीत “चुहिने छानो” सार्वजनिक

मुस्कान / नजिकिँदै गरेको महानपर्व वडा दशैंलाई मध्यनजर गर्दै दिनानुदिन दशैं विशेष गीतहरु बजारमा आइरहेको बेला पछिल्लो समयका लोकप्रिय गायक तथा सर्जक विशाल रायमाझीले पनि दशैं कोसेली पस्केका छन् ।

गीतकार हरीमाया रायमाझीको उत्कृष्ट शब्द संयोजनमा विशाल रायमाझीले संगीत भरेको “चुहिने छानो” बोलको गीत विशाल रायमाझी अफिसियल युट्युब च्यानलबाट बजारमा आएको छ ।

गायिका लक्ष्मी बस्नेत र विशाल रायमाझीको स्वरमा रहेको मार्मिक गीतको भिडियो पनि निकै नै मनछुने बनेको छ, जस्लाई राजकुमार मगरले निर्देशन गरेका हुन् भने सागर गौतमको क्यामरा र राज कुमार मगरकै सम्पादन रहेको छ ।

भिडियोमा नायिका तथा मोडल एलिना रायमाझी गायक स्वयं विशाल रायमाझी ,शुसान्त पंक्षी ,अपेक्षा गुरुङले तारिफयोग्य अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् !

Loading...
प्रकाशित मिति ३ आश्विन २०७६, शुक्रबार १३:४३