पानी पूरी खाने गर्नुहुन्छ ? पढ्नुहोस् एकपटक

काठमाडौं – अहिलेका युवायुवतीलाई पानी पुरी निकै मनपर्ने गर्छ । कुनै पनि बजारको चोकचोकमा युवायुवतीले पानी पुरी खाएकै देखिन्छ ।

पानी पुरी युवायुवतिले मात्र नभई अन्य उमेरका मानिसले खाने गरेका छन् । बाटोमा देखिएको पानी पुरीले जोकोहीको मुखमा रस आइहाल्छ ।  धेरैलाई पानी पुरी त मनपर्छ तर यसले हाम्रो स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने पक्का नै थाहा छैन होला ।

यदि पानी पुरी  खाइरहने बानि छ भने यसले हाम्रो शरिरमा निकै असर पुर्याउछ । हामिलाई थाहा भएकै कुरा हो पानी पुरीमा पानी, आलु र बिभिन्न रङ्ग प्रयोग गरिएको हुन्छ ।

यसमा प्रयोग गरिने बिभिन्न रंगले मानिसहरुलाई क्यान्सर समेत हुने सम्भावना हुन्छ । यसले हाम्रो शरिरको रोग संग लड्ने क्षमतालाई कम गर्छ ।

त्यस्तै यसमा प्रयोग गरिने कुहिएको आलुले हाम्रो शरिरको पेट बिग्रेर अपच हुने, ग्यास्ट्रिक र कब्जियत हुने हुन्छ । ग्यास्ट्रिक र ब्लड प्रेशर भएकाले त झन पानी पुरी खान नै हुदैन ।

पानी पुरीमा प्रयोग गरिने हरु चिज बासि भएमा र आर्टिफिसियल रङ्ग मिलाएको सामानको प्रयोग गरिएको छ भने यसले शरीरमा असर गरेर लिभरलाई ड्यामेज गर्न सक्छ । पानी पुरीमा अमिलो बनाउन प्रयोग गरिने एसिडले घाटीमा असर गर्ने गर्छ ।

Loading...
प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०८:४३