बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ

काेहलपुर /  आयातित बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्रा उ परेका छन् ।

बाेइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले प.क्राउ गरेको हाे ।

भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्रा उ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ ।

साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरा मद गरेकाे छ ।

प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०९:०१