वडा अध्यक्ष गुरुङको निधन

चितवन / भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ।

क्यान्सरका बिरामी गुरुङको उपचारकै क्रममा शनिबार बिहान निधन भएको महानगरपालिकाले जनाएको छ।

क्यान्सरका बिरामी भए पनि किड्नीको डायलासिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे उनको निधन भएको जनाइएको छ।

स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।

अन्य समाचार

बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ

काेहलपुर । आयातित बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ परेका छन् ।

बाेइलरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बिक्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्मद नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हाे ।

भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ । साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेकाे छ ।

Loading...
प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार ०९:५१