मार्मिक दशैं गीत “पियारी”

काठमाडौं / दशैं तिहार क्रमश नजिकिँदै छ। तर, कलाकारलाई भने दशैं हितारले छोइसकेको छ। उनीहरु दशैं तिहारका गीतमा भाका हाल्न तथा भिडियो तयार गर्न तीज सकिन साथ ब्यस्त हुदैँ आएका छन् ।

लोक दोहोरी गायक देव विश्वकर्मा ( सुवास ) र गायीका कमला सुनारले पियारी बोलको दशै गीत गीतको भिडियो विहीबार सार्वजनिक भएको छ ।

गीतको भिडियो शुभतारा म्युजिक प्रा.लीको युटुवबाट सार्वजनिक भएको हो ।  गीतमा देव विश्वकर्मा र कमला सुनारको स्वर रहेको छ भने लोक गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय / शब्द रहेको छ ।

भिडियोको निर्देशन स्मृति तिमिल्सेना गुरु आमाले गरेकी छिन् । भिडियामा सुरेश श्रेष्ठको छायाकंन र प्रकाश धमालाको सम्पादन रहेको छ । भिडियोमा गायक पुरुषोत्तम गैरे र सानी परियारको अभिनय देख्न सकिन्छ ।

भिडियो निर्माण गुरुआमा फिल्मिस् प्रा.लीले गरेको छ भने बजार व्यवस्थापन शुभतारा म्युजिक प्रा.लीले गरेको छ ।

हेर्नुहोस् गीत :

https://youtu.be/3IIAsdYpsiM

Loading...
प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार १८:२५