अस्ट्रेलियाको सपना इन्डोनेसियामा अलपत्र

असोज ५ काठमाडौं / थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् ।

ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो । इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपर्यो ।

मानव तस्करका दलालहरुले चर्को यातना दिएर उनीहरुलाई अस्ट्रेलियाको बोर्डर पुगेको भन्दै घरबाट थप पैसा मगाउन दबाब दिन थाले ।

घरबाट पैसा मगाउन नसकेपछि दलालले उनीहरुलाई इन्डोनेसिया अध्यागमनको जिम्म लगाए । नागरिक दैनिकमा हरिकृष्ण गौतमले समाचार लेखेका छन् ।

(पत्रपत्रिका)

Loading...
प्रकाशित मिति ५ आश्विन २०७६, आईतवार ०२:४८