रवि लामिछाने सहित तीन जना चितवन जिल्ला अदालतमा

चितवन, ५ असोज । पत्रकार शालिकराम पुडासैनी घ टनामा आइतवार पनि रवि लामिछाने सहित तीन जना चितवन जिल्ला अदा लतमा उपस्थित हुने भएका छन् । रवि सहित युवराज कँडेल र अस्मिता कार्की अदालतमा उपस्थित हुने भएका हुन् ।

प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी ब कपत्र सुरु हुने भएका कारण उनीहरु अदालतमा उपस्थित हुन लागेका हुन् । रवि लामिछानेसहितका तीन जना अदालतमा उपस्थित भएपछि ब कपत्र सुरु हुने बताइएको छ ।

रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदा लतले यस अघि आदेश दिएको थियो । अदालतका आदेश अनुसार उनीहरु आज उपस्थित हुन लागेका हुन् । आत्म ह त्या दुरु त्साहनको आरोप लागेका तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट प क्राउ गरी चितवन लगिएको थियो ।

दुरु त्साहन आरोपमा प क्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा भदौ ९ मा रि हा गरिएको थियो ।

शालिकराम साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका थिए। उनले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने लगायत तीन जनाले आफुलाई यस्तो निर्णय गर्न बाध्य पारेको बताएका थिए । सोही भिडियोका आधारमा रवि सहित तीन जना उपर अनुसन्धान सुरु भएको हो ।

Loading...
प्रकाशित मिति ५ आश्विन २०७६, आईतवार ०७:२१