काठमाडौं / अमेरिकाको डेलावरमा वल्र्ड अर्गनाइजेशन अफ मार्सल आर्टद्वारा आयोजित ‘त्रिपल थ्रेड मार्सल आर्ट गेम–२०१९’ मा नेपालका एकै परिवारका तीन सदस्यहरुले विभिन्न गेममा स्वर्ण पदक जितेका छन् । स्वर्ण विजेताहरुमा स्यालओन शाक्य, सुस्मिता लामा (शाक्य) र मास्टर सुनिल शाक्य रहेका छन् ।
स्यालओनले इनटरमेडिएट लेबलमा तेक्वान्दो, वेपन्स, कुङ्फू, स्पेरिङ र ब्रेकिङमा गरी तीन स्वर्ण, एक रजत र एक काँस्य पदक जितेका छन् ।
त्यस्तै, सुस्मिताले बेसिक लेबलमा तेक्वान्दो, वेपन्स र टिम फर्ममा गरी दुई स्वर्ण र एक रजत पदक जित्न सफल बनेकी छन् ।
यसैगरी प्रशिक्षक मास्टर सुनिलले ब्ल्याक बेल्ट एडभान्स्ड लेबलमा तेक्वान्दो, कुङ्फू, वेपन्स र टिम फर्ममा गरी चार स्वर्ण हात पारेका छन् ।