बास्केटबल खेल्दा खेल्दै गौरव श्रेष्ठको निधन

असोज ६ / दमौलीमा बास्केटबल खेल्दा खेल्दै एक युवकको निधन भएको छ। निधन हुनेमा व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठ रहेका हुन।

हृदयघातका कारण बास्केट बल खेल्दा खेल्दै लडिपछि श्रेष्ठको निधन भएको हो।

सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठले नियमित रूपमा बास्केटबल खेल्ने गरेका थिए। उनी बास्केटबलका राम्रा खेलाडी थिए ।

बास्केटबल खेल्दा खेल्दै हृदयघात भएका उनलाई उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

Loading...
प्रकाशित मिति ६ आश्विन २०७६, सोमबार ०३:४२