ओम अस्पतालमा मृ त्यु भएकी अनिता गुरुङको शव परिवारले बुझे

काठमाडौं / चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गर्ने क्रममा मृ त्यु भएकी धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको शव परिवारले बुझेको छ । अस्पतालका अनुसार आइतबार साँझ सहमति अनुसार नै परिवारले शव बुझेर लगेको हो ।

अस्पतालले गुरुङको उपचारमा लाग्ने सबै खर्च मिनाह गरिदिएको छ । उपचारका क्रममा अस्पतालको गम्भीर लापरबाहीका कारण मृ त्यु भएको भन्दै आइतबार बिहानैदेखि उनका आफन्त र परिवार आ न्दोलनमा उत्रेका थिए ।

शुक्रबार दिउँसो अप्रेसनका लागि अस्पताल आएकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए । डा.भोलाराज चालिसे नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो । चालिसे वरिष्ठ युरोलोजी चिकित्सक हुन् ।

गुरूङको अवस्था सामान्य भएको भन्दै उनलाई वार्डमा सारिएको थियो । तर, ६ घण्टा बित्न नपाउँदै उनको मृ त्यु भएपछि आफन्त आक्रोशित भएका थिए ।

अस्पतालले भने बिरामीको मृ त्यु अप्रेसनमा भएको लापरबाहीले नभई हर्ट अट्याकका कारण भएको दाबी गरेको छ । लाखौं विरामीमध्ये एक–दुईजनामा यस्तो समस्या आउने अस्पतालका मिडिया संयोजक विनोद अधिकारीको भनाइ छ ।

Loading...
प्रकाशित मिति ६ आश्विन २०७६, सोमबार ०६:२५