भित्री सक्यो दशैं तिहार……

काठमाडौं / नेपालीहरुको महानपर्व वडा दशैं नजिकिँदै गर्दा दशैं तिहार विशेष गीतहरु दिनानुदिन बजारमा आइरहेको बेला चर्चित लोकप्रिय गायिका देवी घर्ती मगर र साजन रानाको स्वरमा “भित्री सक्यो दशैं तिहार” बोलको नयाँ दशैं गीत सार्वजनिक भएको छ ।

गीतलाई गायक साजन राना र सुवास तामाङले लेखेका हुन् भने, संगीत सुवास तामाङको रहेको छ । बाध्यताले पर्देशिएका आफन्तलाई गीत मार्फत दशैंमा गाउँघर फर्कन अाग्रह गरेका छन् ।

गीतको भिडियो पनि निकै नै उत्कृष्ट बनेको छ, मौसम हिमालीको निर्देशन र हरिश महराले खिचेको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की, सुवास तामाङ, होम राना र सफल थापाको दमदार अभिनय देख्न सकिन्छ ।

अम्मर साक्यको सम्पादनमा भावना म्युजिक सोलुसन युट्यव च्यानलबाट बजारमा आएको उक्त गीतको पूरा भिडियो हेर्नुहोस्

https://youtu.be/5C0ZzXhrs54

Loading...
प्रकाशित मिति ६ आश्विन २०७६, सोमबार १३:५६