चलचित्र छक्का पञ्जा २ युट्युबमा सार्वजनिक ( हेर्नुहोस् पूरा फिल्म )

काठमाडौं / नेपाली सिनेमा क्षेत्रमा हाँस्य कलाकारहरुले पनि फिल्म धान्न सक्छन् , सिने उद्योग नै धान्न सक्छन् भन्ने उदाहरण बनेको टिम हो छक्का पञ्जा ।

छक्का पञ्जाको टिमले निर्माण गरिरहेका सबै फिल्महरुले अन्य निर्माताहरुलाई फिल्म निर्माण गर्न उत्साहित गर्ने गरेका छन् भने नेपाली फिल्म भनेपछि मुख खुम्च्याउँनेहरुले समेत नेपाली फिल्म हेर्ने वातावरण बनाएका छन् ।

छ एकान ६ बाट फिल्म निर्माण गरेको यो टिमले छक्का पञ्जा ३ सम्म आईपुग्दा रेर्कड माथि रेर्कड राखेको छ ।

हरेक बर्गका दर्शकहरुको साथ पाउँदै आएको यो टिमले आलोचना पनि खुबै खाएका छन् । बिषेशगरी छक्का पञ्जा २ फिल्म युट्युवमा रिलिज नगर्ने घोषणा गरेपछि दिपक दीपाको टिमलाई कम्त गाली आएन ।

उनीहरुको उदेश्य भनेको कम्तिमा हलमै गएर फिल्म हेर्ने बानीको बिकास भए सिनेमा उद्योगको पनि बिकास हुन्थ्यो भन्ने थियो तर फिल्म युट्युवमा कहिले आउँला भनेर पर्खेर बसिरहेका दर्शकहरु निरास बनिरहँदा  छक्का पञ्जा २ युट्युवमा रिलिज भएको छ /

Loading...
प्रकाशित मिति ६ आश्विन २०७६, सोमबार १५:२०