फरक खालको सयको नयाँ नोट बजारमा

काठमाडौं । आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइने भएको छ ।

आकार, प्रकार तथा रंगमा संकेत पहिलेकै भएपनि नोटमा राखिएका चित्र तथा नक्साहरु परिवर्तन गरिएको नोट प्रचलनमा ल्याईने भएको नेपाल राष्ट्रबैंकले जनाएको छ ।

नोटको बायाँतर्फ भागमा सगरमाथाको चित्र, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको हुनेछ ।

अहिलेलाई यो नोट ३ करोड थान छपाईएको राष्ट्र बैंकले जनाएको छ ।

Loading...
प्रकाशित मिति ७ आश्विन २०७६, मंगलवार ०४:१९