ह्याकरले फेरि लुट्यो कृषि विकास बैंकबाट १ करोड ५६ लाख

काठमाडौं / ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको समेत पुष्टि गरेका छन् ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, प्रवक्ता निरौलाले भने, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’

Loading...
प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०३:१२