विदेशी मुद्राको विनिमयदर, आज सबै देशको भाउ बढ्यो

काठमाडौं । आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९२ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रिदर १४२ रुपैयाँ २ पैसा रहेको छ।

भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।

भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १० पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ५७ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ १६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ९१ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०४:५७