के एम सी हस्पिटलमा २७ बर्षिया शाहीले एकैपटक चार बच्चा जन्माएकी छिन्

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् ।

बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ ।

जमिएका चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भपछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Loading...
प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार १४:४२