बिदेश बाट घर आउदै हुनु हुन्छ? अब यी सामान ल्याउदा भन्सार तिर्नु पर्दैन,

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ ।

दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ ।

विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि सामान बोकेर आउने गरेको देखिन्छ ।

साथमा आफ्ना परिवार, आफन्त तथा साथीभाइका लागि भन्दै अधिकांशले विभिन्न सामान बोकेर विमानस्थालबाट बाहिरिँदै गरेको देखिन्छ ।

यसरी सामान ल्याउँदा सरकारले वस्तु तथा संख्याका आधारमा भन्सार छुटसमेत दिँदै आएको छ ।

कतिपयमा भने अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । तर, विदेशबाट फर्किंदा कतिपय समान भने ल्याउन नपाइने कानूनी प्रावधान पनि छ ।

भन्सार लाग्ने र छुट भएका समान तथा वस्तुका बारेमा विदेशबाटै जानकारी लिएर मात्र फर्कियो भने नेपालमा सास्ती ब्योहोर्नु नपर्ने अध्यागमन विभागले जनाएको छ

यसका लागि अर्थ मन्त्रालयको ‘झिटिगुन्टा आदेश’ अनुसार मात्रै समान ल्याउँदा नेपालमा समस्या नहुने विभागले जानकारी दिएको छ ।

विदेशबाट कुन सामान ल्याउन पाइने, कति ल्याउन पाइने, सामानको भन्सार शुल्क कति लाग्ने जस्ता विषयमा धेरै विदेशमा रहेका नेपाली अनविज्ञ छन् ।

जसका कारण धेरै विदेशबाट फर्किने विमानस्थल पुगेपछि समस्यामा पर्ने गरेको पाइन्छ ।

विदेशबाट फर्किंदा यी विषयहरुमा जानकारी नै नलिई समान बोकेर आउदाँ कतिपय व्यक्ति विमानस्थलमा समस्यामा पर्ने गरेको छन् । जबरजस्ती धेरै सामान बोकेर ल्यायो भने बेकारमा झमेलमा परिन्छ ।

के ल्याउँदा भन्सार लाग्दैन ?

विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल फोन, सुनचाँदीका गहना लगायतका सामग्री साथमा लिएर फर्किने गरेको पाइन्छ ।

यसरी सामान लिएर आएको विमानस्थलको आगमन कक्षमा देखिन्छ । तर, नेपाल ल्याउन पाइने सामान र भन्सार दरबारे विदेशबाट नेपाल आउँदा जानकारी राखेर मात्र लिएर आउँनुपर्ने पर्छ । नत्र सरकारले तोकेभन्दा धेरै सामान बोकेर आउँदा जफत हुनसक्छ । भने सरकारले तोकेभन्दा धेरै सामान बोकेर आउदाँ महँगो भन्सार पनि तिर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीहरुले दशैंमा स्वदेश फर्किंदा आफन्त तथा साथीभाइका लागि भन्दै महँगो ब्रान्डको रक्सी बोकेर आउने गरेका छन् ।

१ लिटरसम्म रक्सी मात्र ल्याउने सुविधा सरकारले दिएको छ । त्यो भन्दा बढी भन्सार रकम तिरे पनि ल्याउन पाइदैन । १ लिटरभन्दा धेरै रक्सी ल्याएमा भन्सार तिर्नुपर्छ ।

ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ १/१ थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ १/ १ वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बसेर फर्किंदा ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, रोजगारीका लागि नगएका व्यक्ति र एक वर्ष पुरा नभई फर्किएकाले भने छुट पाउँदैन । जसका कारण यस्ता व्यक्तिले बोकेर आएमा भन्सार तिर्नुपर्छ ।

विदेशमा काम गरेर फर्किएकाहरुलाई दुई थानसम्म नयाँ मोबाइल ल्याउँदा भन्सार लाग्दैन । साथमा एउटा बोकेर आउन पाइन्छ । त्यो भन्दा बढी ल्याए बजार भाउअनुसार भन्सार लाग्छ ।

विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था सरकारले गरेको छ ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु, संगीतकर्मीहरुले बाद्यबाधनका सामाग्रीहरु लगायतका सामान १/१ थान ल्याउन भन्सार तिर्नुपर्ने हुन्छ ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौनालगायत घरायसी उपयोग तथा व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याएमा भन्सारमा छुट दिइएको छ । तर, ठूलो परिमाणमा भने बोकेर ल्याउन पाइदैन । ल्याएमा केजीका दरले भन्सार तिर्नुपर्छ ।

औषधी उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको साहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सारमा भने पुर्ण रुपमा छुट दिइएको छ ।

कुनै समानमा भने ४० प्रतिशतसम्म समदरमा भन्सार तिर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । म्युजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो, क्यासेट प्लेयर १/१ थान ल्याउन सकिन्छ ।

यस्ता समानमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्चभन्दा माथिको टेलिभिजन ल्याएको खण्डमा भने इन्चअनुसार भन्सार लाग्ने व्यवस्था झिटिगुन्टामा छ । एकभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन नपाइने व्यवस्था सरकारको छ । यस्तै, ७ किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार छुट दिइएको छ । अर्थ मन्त्रालयका अनुस

Loading...
प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार १८:०८