पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि राजदूत नियुक्त

काठमाडौँ / दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूतमा नियुक्त भएकी छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन्।

गत जेठमा फुटीलाई सरकारले राजदूतमा सिफारिस गरेको थियो। शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकाी छोरी हुन्।

उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्। अमेरिकामा अध्ययन गरेर केही समय अगाडि मात्नै पाल नेफर्किएकी फुटी २०३८ सालमा जन्म लिएकी हुन् ।

अन्य समाचार

काठमाडौं । नायिका निरुता सिंहको आज जन्मदिन । सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन उनको जन्म भारतको, दार्जिलिङमा भएको थियो । यस आधारमा आज उनी आफ्नौ ४७औं जन्मदिन मनाउँदैछिन् ।

सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र ‘दक्षिणा’ मार्फत निरुता सिंह नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सफल चलचित्र दिने नायिकामा निरुता पर्छिन् । उनले अधिकांश नायकसँग खेलेका चलचित्र हिट भएका छन् ।

शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, दिलीप रायमाझी, उत्तम प्रधानलगायत अभिनेतासँग निरुता सिंहको जोडी निकै जमेको थियो । हाल मुम्बईमा बस्दै आएकी निरुता अभिनय, नृत्य र सुन्दरताका कारण निकै चर्चित छिन् ।

Loading...
प्रकाशित मिति ९ आश्विन २०७६, बिहीबार १४:१५