काठमाडौँ / नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेका एक यात्रीको मृत्यु गएको छ।
ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहटको गरुणा नगरपालिका–८ का ३५ वर्षीय रुपलाल साहको आज (शुक्रबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
क्यान्सर रोगबाट पीडित रहेका साहको शुक्रबार बिहान पाँच बजेतिर जाममा परेका बेला मृत्यु भएको खड्काले बताए ।
लामो समय जाममा बस्नुपरेकाले उपचार अभावमा उनको मृत्यु भएको आफन्तले बताएका छन्।