गुडिरहेको बसमाथि ढुङ्गा खस्दा पाँच घाणइते

पाल्पा /  सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबामा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा पांच घाइते भएका छन् । पाल्पा-बुटवल सडकखण्डमा पर्ने यो क्षेत्रमा पटक पटक यस्ता घटना भैरहेका छन् ।

तिनाउँ गाउँपालिका ३ हेडबक्स नजिकै पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु १ ख ६१८० नम्बरको यात्रुबहाक बसमा ढुंगा खसेपछि चालकसहित ५ जना घाईते भएका प्रहरी चौकी दोभानले जनाएको छ । घाईतेहरुको प्रादेशिक अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमाथि ढुंगा खसेपछि चालकको दाईने आखामा चोट लागेको छ भने अन्य घाईतेहरुको अवस्था भने सामान्य रहेको छ । फाइल तस्बिर

Loading...
प्रकाशित मिति ११ आश्विन २०७६, शनिबार १०:०१