ज्ञानेन्द्र शाहीलाई सम्झाएको मात्र हो – वाईसिएल अध्यक्ष इश्वर रेग्मी ( भिडियो सहित )

चितवन / असोज १३-वाईसिएल चितवनले ज्ञानेन्द्र साहीलाई बहादुर साहि गणतन्त्रबादीहरुको निसानीमा परेको बताएको छ । पत्रकारसँग कुरा गर्दै वाईसिएल चितवन अध्यक्ष इश्वर रेग्मीले साहिलाई गणतन्त्रवादी युवाहरुले आक्रमण गरेको बताएका हुन ।

रेग्मिले साहिलाई चितवनबासीले सम्झाएर पठाएको बताए । उनले गणतन्त्र विरोधिलाई चितवनबासीले मन नपराउने हुँदा यो दुखद घट््ना भएको बताए ।

उनले भने ‘चितवन सचेत नागरीक बस्ने जिल्ला हो, यहाँका जनताले छिटो रियाक्ट गर्छन, गणतन्त्रविरोधिलाई मनपराउदैनन््त्यसैको उपज हो उनिमाथीको आक्रमण ।’

अध्यक्ष रेग्मीले नेकपा निकटका कुनै पनि विद्यार्थी, युवाहरुको संलग्नता नरहेको दावी गरेका छन । यद्यपी जस्ले घट््ना घटाए पनि यो दुखद भएको बताए ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार ०६:४७