समीर प्रकाश पाण्डे /दुबई
दुबईको शेख मोहम्मद बिन जायद रोडमा सोमबार बिहान सडक दु’र्घटना भएको छ । मिर्डीफ सिटी सेन्टर अगाडि १४ सीट फर्स्ट सेक्युरिटी ग्रुपको मिनी बस सामान सहितको टेलरसँग ठो’क्कीएको थियो ।
दुर्घटनामा बस चालक सहित सात यात्रुहरूको घटनास्थलमै मृ’त्यु भएको थियो भने ६ यात्रु घाईते भएका थिए । घाईतहरु स्थानिय राशीद अस्पतालमा उपचार भैरहेको छ । घा’ईते मध्य दुई को अवस्था गम्भिर छ । चारजनालाई सामान्य चोट लागेको छ।
दुर्घ¥टनामा परी मृ’त्यु हुनेमा ६ जना नेपाली, एक भारतीय र एक पाकिस्तानी रहेको दुबई प्रहरीले जनाएको छ ।
ज्यान गुमाउने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए ।
-सांकेतिक तस्बिर