सभामुख महराले दिए पदबाट राजिनामा

काठमाडौं / सहकर्मी महिलामाथि ज’र्बजस्तीको आ’रोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट द’बाब बढेपछि राजीनामा दिएका हुन् ।

महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झु’टो आ’रोप लगाइएको छ यसको नि’ष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सभामुख महरालाई राजीनामा दिएर घ’टनाको नि’ष्पक्ष छान’विनका लागि मार्ग खोलिदिन भनिएको थियो । प्रचण्ड निकटस्थ एक नेताले पनि महरालाई राजीनामा दिन सुझाव दिइएको बताए ।

महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फ’साउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई बदनाम गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भन्दै राजीनामाका लागि सुझाव दिएका थिए ।

तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले ज’र्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले ज’र्बजस्ती नभएको दा’बी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।

Loading...
प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार ०६:१२