डोजर पल्टिँदा सहचालकको ज्यान गयो

असोज / खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताउनुभयो ।

‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उहाँले भन्न्नुभयो,“अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।”

Loading...
प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार ०७:०५