सभामुख ज्यु सँग भेट नै भएको छैन –  रोशनी शाह

काठमाडौं, १४ असोज । कृष्ण बहादुर महराबाट ब ला त्कृत भएकी भनिएकी महिलाले महराको राजिनामापछि बयान फेरेकी छन् । आफू ब ला त्का रको सिकार भएको भन्दै सञ्चारमाध्यममा आएकी महिलाले सभामुखको राजीनामा पछि भने सभामुख महरा सँग आफ्नो भेट नभएको दाबि गर्दै मिडियाले गलत समाचार प्रकाशित गरेको आरोप लगाएकी छिन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको र पी डीत भनिएकी महिलाको तिनकुनेस्थित कोठाबाट प्रहरीले र क्सीका बोतल, कपडा, चस्माको टुक्रा लगायतका सामान ब रामद गरेको छ ।

पी डित महिलाले स्वास्थ्य परिक्षण गर्न पनि अस्वीकार गर्नु, श्रीमानलाई घटनाबारे जानकारी नगराइनुले यस का ण्डमा केहि रहस्य लुकेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

घटना भएकै दिन आइतबार पी डित भनिएकी महिलाले आफूमाथि यौ न दु र्व्यव हार भएको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । उनको निवासमा पुगेको प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर आएको थियो ।

प्रहरीले उनलाई लिखित उ जुरी दिन भनेपनि हालसम्म उ जुरी दिएकी छैनन् । घटनालगत्तै उनले केहि सांसदहरुलाई समेत म्यासेज गरेकि थिइन् । अहिले उनको फेसबुक पनि डिएक्टिभेट गरिएको छ ।

Loading...
प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार १४:२५