झल्को दशैंको…

काठ्माडौं / पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक को नाम हो हेमन्त कान्छा रसाईली,उनी मिठो स्वरका धनी गायक त छन नै तर मिठो सारंगी को धुन रेट्नमा पनी अब्बल छन ।साथै उनी गीउ पनी आफै रचना गर्छन र आफै संगीत पनी।

एतीबेला उनको अर्को दशैंगीत बजारमा आएको छ “झल्को दशैंको”बोलको उक्त गीत मा शब्द राम प्रसाद खनालले गरेका हुन भने स्वर/संगीत हेमन्त कान्छा कै रहेको छ। साथै भिडियोमा पनी हेमन्त कान्छा आफै देखिएका छन भने मिना कौछा र दुर्गा कौछा मगर देखिएका छन।

यो गीतमा निकै मार्मिक शब्दको प्रयोग गरेका छन शर्जक राम प्रसाद खनालले , रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको विकास र प्रवर्धनका एक अभियन्ता,अग्रज लोक तथा दोहोरी गायक, एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष हुन् । उनी आजभन्दा करिब ५ दशकअघि गुल्मी& जिल्लाको हार्दिनेटा, मैनडाँडामा जन्मिएका हुन्।

विशेषतःलोकगायकका रूपमा ख्याति कमाएका उनको परिचय यत्तिमा मात्र सीमित छैन। उनीकलाकार,पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजन प्रस्तोता तथा कार्यक्रम उत्पादक,लेखक सबै क्षेत्रमा उत्तिकै चर्चित छन्।

बहुमुखी प्रतिभाका धनी उनी एक दशकदेखि अमेरिकामा बिभिन्न ब्यापारिक प्रतिस्थानहरु र त्यसका अलावा रियलस्टेट व्यवसायमा पनि संलग्न छन्। रेडियो नेपालको विशिष्ठ श्रेणीका लोक तथा दोहरी गायक खनालले २०५५ सालमा नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको र नयाँ ईतिहास कायम गरेको ‘लोक दोहोरी’ कार्यक्रम सञ्चालन गरी नेपाली लोकगीत र दोहोरी गीतलाई पुनर्जीवित गर्ने कार्य गरे।

खनालको सो कार्यक्रम र लोकगीत,दोहोरी गीत सुधार अभियानले नयाँ लोकगीत दोहोरी गीतका स्रष्टाहरू मात्र जन्माएन पूर्व मेची देखि पश्चिम महाकालीसम्म लोकगीतलाई आन्दोलनकै रूपमा अघि बढायो। उनले एकदशकजति चलाएको त्यतिबेला सर्वाधिक चर्चित कार्यक्रमले लोकगीतलाई आजको दिनसम्म ल्याउन महत्वपूर्ण योगदान दियो।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७६, बुधबार १२:१०