“म यस्तो गीत गाउछु २” को मनकामनामा शुभ मुहुर्त ( फोटो फिचर )

सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोश्रो पार्ट निर्माण पक्का भएको छ । ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्माको जोडी मुख्य भूमिकामा रहेको थियो। यहि जोडीलाई दोहोर्याउदै निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ निर्माण गर्ने भएका छन्।

‘म यस्तो गीत गाउँछु’ रिलिज पश्चात निर्माण टिम र पल शाहको सम्बन्ध चिसिएको चर्चा सिनेनगरीमा रहेको थियो। दुवैतर्फबाट कटाक्ष प्रहार हुन्थ्यो। तर अन्ततः ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने भएको छ र यसमा पल र पूजाको जोडी दोहोरिदैछ।

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०७:४१