दशैंमा छोराछोरीलाई मिठो खुवाउन, कुचो बाटेर बेच्दै

•दान बहादुर बुढा

असोज १५ गते । मुगु जिल्ला छायानाथ रारा नगरपालिका रुगा गाँउमा दलित परिवारमा यतिखेर दशै खर्च जुटाउनको लागि बाबियाको कुचो र डोको बनाउन भ्याई नभ्याई छ ।

वडा नम्बर १३ रुगा गाँउमा रहेको १ सय ३३ घर धुरीका दलित बस्तीका मानिसहरु बाबियाको कुचो र निगालोबाट डोको टोकरी बनाएर बिक्री गर्नमा ब्यस्त छन् । मुगुका स्थानीय बजार गमगढी ,जुम्ला ,सिन्जा लगायतका बस्तीहरुमा कूचो प्रति गोटा २५ रुपैयाँको दरले बिक्री हुने गरेको बताउँछन् रुगा गाँउका ६५ बर्षीय ईन्द्रजित लाबड ।

बाबु बाजेदेखि यही पेशा गरेर जिबिकोपार्जन गर्दै आएको र यसपाली पनि दशैंको खर्च जोहो गर्न कुचो डोको बनाई बिक्री गरेको बताउँछन् रुगा गाउका बर्ष २८का कर्णसिंह लावड । गरीबीको कारण कक्षा १० सम्मको पढाई छोडेर बाबियाको कुचो बनाउने पेशामा लागेका रुगा गाउका २८ वर्षीय कर्णसिंह लावड ६ बर्ष देखि कुचो बनाउदै बिक्री गरी ५ जनाको परिवार पाल्दै आएका छन् ।

प्रकाशित मिति १६ आश्विन २०७६, बिहीबार १२:५४