पोखरामा यात्रुबाहक बस भिरबाट खस्यो

पोखरा, १७ असोज / पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।– फाइल तस्बिर 

अन्य समाचार

काठमाडौं, १७ असाेज : टिकट नपाएपछि खाडीमा रहेका नेपालीहरू दशैंमा आफ्नो गाउँ देश पर्कन पाएका छैनन्। लम्जुङमा रितेश लोहनी १३ वर्ष भयो स्वदेशमा दशैं ननमनाएको उनी साउदी अरबमा काम गर्छन् ।

घर फर्कने सबै तयारी गरे पनि अन्तमा टिकट नापाएर खाडीमा नै विताउनु परेको छ। टिकट पाइदैन साउदीमा रहनेहरू सबै दशैं-तिहार मान्न फर्कने गर्छन् हामीलाई टिकट पाउने मुस्किल छ।

खाडी तथा मलेसियाबाट आउने जहाज सिमित भएको र यात्रुको चाप बढी भएको कारण टिकट नपाइएको हो। यी देशबाट भाडा पनि महंगो छ।

कुवेतबाट नेपाल आउनको लागि एक लाख १७ हजार, मलेसिया ७१, साउदी अरब ७२ हजार, ओमन ६० हजार, बहराइन ५९ हजार जहाज भाडा रहेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ०८:४०