कुवेतमा स‌ंकलित आर्थिक सहयोग रबि लामिछानेबाट हस्तान्तरण

काठमाडौं /कुवेतमा बस्ने नेपालीहरूले हाम्रो नवजीवन परोपकार संस्थाका लागि रु ९३ हजार ४ सय १९ रुपैया सहयोग जुटाउनु भएको छ। चितवन घरभई हाल, कुवेतमा बस्दै आउनु भएकी पुष्पा पौडेलको अग्रसरतामा उक्त रमक संकलन गरि संस्थालाई हस्तान्तरण भएको हो।

न्युज २४का कार्यक्रम प्रस्तेता तथा सञ्चारकर्मी रबि लामीछाने र रकम संकलक तथा सहयोगी पुष्पा पौडेलेको हातबाट संस्थाले संकलीत रकम प्राप्त गरेको छ। सञ्चारकर्मी राजन नेपाल, संस्थाका अन्य पदाधिकारी तथा शुभचिन्तकहरूका माझ संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले उक्त रकम बुझिलिनु भएको हो।

गरिब असाहाय, तथा अलपत्र मानव र पशुपछिंहरूको हितमा रहेर उनीहरूको उद्धार तथा वासोवासका लागि हाल नवजीवन परोपकार समाजले आफ्नै भवन निमार्ण कार्य गरिरहेको छ।

उक्त कार्यका लागि कुवेतमा बसेर संस्थाका लागि गर्नु भएको सहयोग सद्भाव र साथप्रति नवजीवन परोपकार समाज हार्दिक अभार प्रकट गर्दछ। साथै सहयोगी मनहरूमा नमन।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार ११:४३