राष्ट्रपति र प्रधानमन्त्रीले यो वर्ष पनि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं / यो वर्षको दसैंमा पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूकहाँ आउने सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले साइतको टीका परिवारसँग लगाउने र संवैधानिक निकायका पदाधिकारीलाई दिउँसो १ देखि २ बजे टिका लगाइदिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा।

कुन्दन अर्यालका अनुसार प्रधानमन्त्रीलाई चिकित्सकले टीकाको कार्यक्रममा भाग नलिनु भने पनि एक दिन भने टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ ।

Loading...
प्रकाशित मिति १७ आश्विन २०७६, शुक्रबार १७:०२