दसैंमा सडकको बिजोग

उदयपुर / सामान्य मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएका उदयपुरका ग्रामीण सडकमा सर्वसाधरणले सास्ती भोग्नु परेको छ। असार २८ गतेको भारी वर्षा र पहिरोले भत्किएका ग्रामीण सडक स्थानीय सरकारले मर्मतसम्भार गरेपछि सञ्चालनमा ल्याइएको थियो। तर सञ्चालनपछि लगातार तीन दिनसम्म परेको पानीले सडक पुनः उस्तै बनेको छ।

ग्रामीणभेगका अधिकांश सडकहरु वर्षासँगै झरेको पहिरोका कारण सञ्चालनमा आउन सकेका छैनन्। स्थानीय तहले ती सडकमा यातायात सूचारु गर्न प्रयास जारी राखे पनि निकै कठिनाइ भएको बताएका छन्।

सडक अवरुद्ध भएपछि दसैंका लागि आवत-जावत गर्न खाद्यन्न ढुवानीमा समस्या भएको सर्वसाधरणले बताएका छन्। पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिका, त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका पहाडी भुभागका सडक पनि ठाँउ–ठाउँमा पहिरो गएर बिग्रिएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

Loading...
प्रकाशित मिति १८ आश्विन २०७६, शनिबार ०७:२४