( फाइल फोटो )धनकुटा / तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवती बेपत्ता भएकी छिन ।
धनकुटा नगरपालिका वडा नम्बर-९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएकाे बुझिएकाे छ ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।
Loading...