पूर्वराजाले दिए दशैंको शुभकामना

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंको अवसरमा शुभकामना दिएका छन् ।

‘राष्ट्रिय सांस्कृति पर्व’ का रुपमा नेपालीले मनाउने बडा दशैं घरघरमा भित्रिएको भन्दै पूर्वराजा शाहले देश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित शुभकामना दिएका छन् ।

शाहले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रका यावत विधि, विधान, व्यवस्था र बन्दोबस्त सर्व हितपरी हुनुपर्छ, अनि त्यो सर्वग्राह्य पनि बन्नुपर्छ ।’

शाहले पूर्वाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेन जान भलो नहुने उल्लेख गरेका छन् ।

Loading...
प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार ०१:१२