असार २४ इटहरी – आफनो अभिव्यक्तिको कारण कयौँ पटक आलोचनामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले आफनै घरमा डोजर लगाएका छन् । पत्रकारसंग भएको बिवादपछि उनले सडक मिचेर घर बनाएको आरोप लागेपछि मेयर चौधरीले आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन् ।
उनी चर्चामा आउँनु अघि यस बिषयमा कुनै जानकारी नै थिएन तर जब उनले पत्रकारलाई लोप्पा खुवाए , नाकको हड्डी भाँच्न एक करोड छुट्टाएको भनी अभिव्यक्ति दिए तब उनले सडक भिचेर घर बनाएको खुलासा भएको थियो ।
लगत्तै मेयर आफनो घर भत्काउँने समेत बताएका थिए । मेयर चौधरीले इटहरी १७ मा रहेको आफनो घरको पर्खाल डोजर लगाएर भत्काएका हुन् । उनले डोजर लगाएर घर भत्काएसंगै सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिए । उपमहानगरले सडक मिचेर बनाएको संरचनाहरु भत्काउँन थालेको छ । जसको सुरुवात मेयर चौधरीले आफनै घरबाट गरेका हुन् ।