काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना

काठमाडौं / काठमाडौंबाट छुटेको बस बाँकेको सिमानामा दुर्घटना भउको छ । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ७ ख ६८४१ नम्बरको यात्रुबाहक बस दाङ र बाँकेको सिमानामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस आइतबार बिहान साढे ८ बजेतिर शिवखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य   खबर

काठमाडाैं, १९ असाेज । न्यूज २४ का समाचार प्रमुख वरिष्ठ पत्रकार तथा प्राध्यापक राजेन्द्र देव आर्चायको निधन भएको छ । शनिबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा ६१ वर्षकाे उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँकाे कलेजाेमा समस्या आएपछि केही दिनअघि मात्रै वीर हस्पिटलमा उपचार गराएर घर फर्किनुभएको थियो । पुन: बिरामले च्यापेपछि शनिबार उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँ नेपाल टेलिभिजनको पूर्वसमाचार प्रमुख पनि हुनुहुन्थ्यो । तनहुँमा जन्मिनुभएका वरिष्ठ पत्रकार तथा प्राध्यापक आर्चाय नेपाल टेलिभिजनमा स्थापना-कालदेखि नै कार्यरत हुनुहुन्थ्यो ।

दुई वर्षअघि मात्रै नेपाल टेलिभिजनबाट रिटायर्ड हुनु भएको थियो । पछिल्लाे समय उहाँ न्युज- २४ टेलिभिजनमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्याे । उहाँ रत्न राज्य लक्ष्मी क्याम्पसका प्राध्यापक पनि हुनुहुन्थ्यो ।

Loading...
प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार ०४:२१