बालुवाटारबाट कृष्णबहादुर महरा पक्राउ !

काठमाडौं / आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प.क्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको केहि बेरमै प्रहरीले महरालाई प,क्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको केहि बेरमै महरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महराले सभामुखमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई कर,णी प्रयास गरेको आ,रोप लागेको छ। उनीवि,रुद्ध शाहीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन्। महराले गत आइतबार शाहीको कोठामा गएर नराम्रो काम गरेको भिडियो सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएलगत्तै उनले सभामुखबाट राजीनामा दिएका छन्।

सभामुखको सरकारी निवास बालुवाटारमा रहेका महरावि,रुद्ध किटानी जाहेरी परेलगत्तै प्रहरीले कडा निगरानी राखेको थियो।

नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई प,क्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।

Loading...
प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार ११:२७