दशैं विशेष ‘हल्का रमाइलो’  हेर्नुहोस

काठमाडौँ / हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहितका कलाकारहरुले नया टिभी सिरियल ‘हल्का रमाइलो’ सुरु गरेका छन ।

मेरी बास्सैबाट अलग भएपछि राजु मास्टर लगायतका अधिकांश पुराना कलाकारहरु मिलि उक्त टिभी सिरियल सुरु गरेका हुन् ।

पुराना कलाकारहरु सिताराम कंटेल धुर्मुस र केदार घिमिरे माग्ने बुडाले मेरी बास्सै छोडेपछि उक्त टिभी सिरियलको लोकप्रियता नै घटेको थियो ।

बल्छी धुर्बे र राजु मास्टरले निरन्तरता दिदै आएको उक्त सिरियलले पनि खासै राम्रो गर्न नसकेपछि अचानक छोडेर हिडेका थिए ।

उक्त सिरियलछोडेको केहि महिना पछी बल्छी धुर्बे र राजु मास्टरको लेखन र निर्देशनमा नया टिभी सिरियल ‘हल्का रमाइलो’ सुरु गरेका हुन् । जुन नेपाल टेलिभिजनबाट नै प्रसारण हुदैछ भने युट्युबमा बल्छी धुर्बे कै च्यानलबाट हेर्न सकिने छ ।

हेर्नुहोस ‘हल्का रमाइलो’ को ताजा एपिसोड ।

Loading...
प्रकाशित मिति १९ आश्विन २०७६, आईतवार १६:४४