करेन्ट लागेर आमा छोराको निधन : आमालाई बचाउन गएका थिए छोरा

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा करेन्ट लागेर दुईको निधन भएको छ । दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए  ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुहारी रेनुका पराजुली भने घाइते भएको र थप उपचारका लागि चितवन पठाइएको जनाएको छ ।

केही दिनदेखि नै बिजुलीको नां गो तार चुँडिएको जानकारी गराउँदा पनि विद्युत प्रधिकरणले वेवास्ता गरेको कारण अनाहकमा दुईको ज्या न गएको स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रधिकरणले समयमा नै मर्मत नगर्दा २ जनाको ज्या न गएकोले प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने र कर्मचारीलाई कानूनी कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

घटना स्थल सदरमुकाम हेटौंडाबाट करीब ५ किलोमिटरको दुरीमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जनाएका छन् ।

Loading...
प्रकाशित मिति २० आश्विन २०७६, सोमबार ०४:११