नेपाल लोक स्टार : विनोद दनुवारलाई गृहजिल्ला उदयपुरमा भव्य स्वागत

उदयपुर । एपी वान च्यानलको चर्चित टिभी शो आइएमइ नेपाल लोक स्टारका टप ५ का प्रतिष्पर्धी कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार भोट माग्दै गाईघाट आईपुगेका छन् । दनुवारले अब फाइनल प्रवेशका लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् ।

सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आईपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगायत सम्पूर्ण नेपालीहरुमा आफुलाई लोक स्टार बनाउन भोटको अपिल गरेको छ ।

राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै आएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गायकमा परेका छन् । ‘नेपाल लोक स्टारको शान, उत्कृष्ठ आवाजको पहिचान : विनोद दनुवारलाई जिताउने हाम्रो अभियान’ नाराका विनोद दनुवार गाईघाट आईपुगेका हुन् । उनलाई जिताउनका लागि प्रदेश नं. १ का प्रदेश सभासदस्य सन्जा दनुवारसहितको उदयपुरको सदरमुकाम गाईघाटमा जिताउ अभियान संचालन गरेर भोट मागि रहेको छ ।

देश विदेशमा रहेका नेपाली दर्शकहरुको माया र जर्जहरुको निष्पक्ष मूल्याङकनले गर्दा आफु टप ५ मा पर्न सफल भएको दनुवारले बताए । उनका अनुसार आईएमइ नेपाल लोक स्टार बिजेताको लागि अझै धरै दर्शकहरुको साथ माया आवश्यक रहेको बताए । उनले उदयपुरको मात्र नभएर १ नं. प्रदेशकै शानको लागि आफुलाई भोट गर्न सवैलाई आग्रह गरेको छ । उनले लोप हुँदै गईरहेको नेपाली लोक संगितलाई युवा पुस्ताले संरक्षण गर्नु पर्ने भन्दै नेपाल लोक स्टार बनेर उदयपुरको शान राख्दै नेपाली लोक गीत संगितको सधैव संरक्षण गर्ने बताए । उनले लोक गीतको सधै संरक्षण सम्वद्र्धन गर्नको लागि आफु लागि पर्ने बताए ।

अडिशन समय देखिनै जर्ज र दर्शकहरुले आफ्नो प्रस्तुती मन पाराई रहेको र आईएमइ नेपाल लोक स्टारको अन्तिम चरणमा पनि दर्शकहरुको उत्तिकै साथ सहयोग आवश्य परेकोले बिजयी सुनिश्चित गर्न आफुनो कोड नम्बरमा भोट गर्न आग्रह गरेका थिए ।

लोक स्टारका प्रतिष्पर्धी दनुवारले आफुलाई मोबाइल म्यासेज बक्समा गई L13 टाईप गरी स्पेश छोडी 37000 मा म्यासेज गरी भोट गर्न अनुरोध गरेका थिए । यस्तै नेपाल टेलिकमको ल्याण्डलाइनबाट 16667713 डायल गरी वा भारतबाट L <space> 13 लेखेर 53010, कतारबाट L<space> 13 लेखेर 92300 मा पठाउन सकिन्छ । साथै IME Pay एप्स डाउनलोड गरी एकै पल्टमा 100 भोट समेत गर्न सकिन्छ । भोट सोमबार १२ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र खुल्ला रहने छ । तस्बिर नागरिक बहस

Loading...
प्रकाशित मिति २० आश्विन २०७६, सोमबार १७:११