अस्पतालमै मनाए बिरामी र स्वास्थ्यकर्मीले दशैँ

काठमाडौं / सधैँ अरूकाे सेवामा खटिने चिकित्सक तथा नर्सहरूकाे दशैं अस्पतालमै बित्ने गर्छ । वर्षमा एक दिन अाउने दशैँमा हरेक नेपाली परिवार र आफन्तबीच हर्षाेल्लासका साथ रमाउन चाहन्छन् ।

तर अधिकांश चिकित्सक र नर्स भने कमै मात्रामा दशैं परिवारसँग बिताउन पाउँछन्

यसै क्रममा चितवन मेडिकल कलेज, भरतपुरमा स्वास्थ्यकर्मी र विरामीले टीका र जमरा लगाएर एक साथ दशैँ मनाएका छन् ।

वयाेवृद्ध बिरामीबाट टीका र जमरा चिकित्सक तथा नर्सहरूले ग्रहण गरेर तथा जेष्ठ चिकित्सक/नर्सबाट कनिष्ठ नर्सहरूले पनि टीका, जमरा ग्रहण गरी दशैँ मनाए ।

Loading...
प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ०१:३६