४६ जना सवार रात्री बस भरतपुरमा दुर्घटना

चितवनको भरतपुर १२ आस्था चोकमा यात्रु बहाक बस दुर्घटना हुदा ३८ जना घाईते भएका छन् । भने एकको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

काठमाण्डौबाट सर्लाहीको मलंगावाको लागी छुटेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस दुर्घटना ग्रस्त भएको हो । बस आफै अनियन्त्रीत भई सडक छेउको पीपलको रुखका ठक्कर खाएको प्रहरीले जनाएको छ ।

घाईतेहरु मध्ये ३० जनालाई पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ भने अन्य आठ जनाको भरतपुरको नयाँ मेडिकल कलेज उपचार भईरहेको छ । घाईते मध्य २७ जनाको आवस्था मध्यम रहेको छ ।

यस्तै जना सामान्य रहेको प्रहरीले जनाएको छ । करीब ४६ जना सवार सो बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धार अगाडी बढाईएको प्रहरीले जनाएइको छ ।

Loading...
प्रकाशित मिति २२ आश्विन २०७६, बुधबार ०१:५९