साथी होस् त मह जोडी जस्तो !

काठमाडौं। ‘मह जोडी’ सायद नाम नसुनेका कमै होलान। वर्षौंदेखि टिभी सिरियल हुँदै ठुला पर्दामा समेत निरन्तर काम गरिरहेका द्वय सफल अभिनेता हुन।

हरिवंश र मदनकृष्णको जोडि एक असल साथी भन्दापनि सहोदर दाजुभाइ जस्तो राम्रो सम्बन्ध रहेको छ। लाखौं नेपाली जनताको मन मस्तिष्कमा बस्न सफल कलाकार हुन् ‘मह जोडी’।

नेपाली सिने जगतमा यी द्वय कलाकारलाई नरुचाउने सायदै होलान! मह जोडीको एकाअर्काप्रतिको भाइचारा देखेर धेरैले उदाहरणीय रुप दिंदै भन्ने गर्छन्, ‘साथी हओस हरिवंश र मदन जस्तो’।

नेपालीहरुको (हिन्दु धर्मावलम्बी) महान चाड बिजया दशमीको दिन हरिवंशले मदनकृष्ण श्रेष्ठको हातबाट टीका थापेर उक्त फोटो हरिवंशले आफ्नो अफिसियल फेसबुक पेजमा सार्वजनिक गरेका छन्।

उक्त फोटोमा देखिएको हरेकको मनबाट निस्कनेछ साथी हओस त यस्तो। ‘महजोडी’ नेपाली कला साहित्यमा चिरपरिचित नाम हो । मदनकृष्ण श्रेष्ठ को नामको पहिलो अक्षर ‘म’ र हरिवंश आचार्य को नामबाट ‘ह’ शव्द मिलेर ‘मह’ बनेको हो।

यसरी मिलेर बनेको महलाई नै हामी महजोडी भनेर सम्झिन्छौ।’महजोडी’ लाई नेपाली परिवेशमा मह जस्तै गुलियो जोडी भनेर चित्रण गरिन्छ।

Loading...
प्रकाशित मिति २३ आश्विन २०७६, बिहीबार ०५:२३