काठमाडौं / आइएमइ नेपाल लोक स्टारको उत्कृष्ट ५ बाट बाजुराका पविन्द्र सुनार बाहिरिएका छन् । पविन्द्र सुनार बाहिरिए सँगै अब नेपाल लोक स्टारमा , शनि विश्वकर्मा , राम कुमार नेपाली , विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् ।
सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए ।
पबिन्द्र सुनारको मनछुुुने लेख :
यो निस्चल सामिप्यता, आत्मियता, ममता, जो नेपाल लोक स्टार को यो मझेरीमा मेरो पैताला ले कुल्चेदेखी तपाइँ सम्पुर्ण ले निस्वार्थ अञ्जुली छचल्किउन्जेल सम्मै माया भरेर पोखिरहनु भयो ! म प्रती खन्याइरहनु भयो ! दर्साइरहनु भयो !!
म सङ्ग तपाइँको यो लगानी, तपाइहरुको यो आत्मियता, तपाइहरुको यो गुन तिर्न मेरो बर्कतको कहिल्लै सामर्थ्य रहने छैन ! र यो अथाह मायाले मलाइ सधै ऋणी बनाइरहने छ ! बेफिकर यो माया यो साथ लाई म आजिबन उत्तिकै इज्जत का साथ सम्झिरहने छु !! र अझै तपाइहरु सङ्गै समिपमा जोडिरहने प्रण गरिरहने छु !!
आज नेपाल लोक स्टार को यो आँगन बाट बाहिरिनु तपाइहरु सबैको मनको आगनमा, तपाइ सबैको नयन को रेटिनामा र तपाइँको रुद्रघण्टीको वैखरीमा पुनः भित्रिनु सम्झिएको छु! सायद यो तपाइहरु सबैको मायाको अथाह शक्ति नै हुनुपर्छ म आज पनि पुनः ठुलै जित ग्रहण गरेकै महसुस भैरहेको छ !
देश – परदेश, सुगम- दुर्गम, कन्दरा पखेरा, गाउँ- शहर , सहज- अशहज जस्तोसुकै परिस्थिति पनि थाँती राखेर गर्नुभएको यो माया बिश्वास स-प्रेम कहिल्लै पनि एक थोपा घट्न दिने छैन ! र तपाइहरु सबैको यो साथ रहुन्जेल सम्म म कहिल्यै हार्ने छैन, सके जित्नेछु , नसके सिक्नेछु !
– तपाईं सबैको प्यारो पबिन्द्र सुनार
अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।